बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

बुधबार, चैत २५, २०८२

काठमाडौं । बहुविवाह मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाको विरूवा गाउँपालिका–४ बस्ने ५२ वर्षीय उमाकान्त पोखरेल उर्फ हुमबहादुर थापा र ४६ वर्षीया शारदा देवी पोखरेल रहेका छन्।

जिल्ला अदालत स्याङ्जाको २०५३ वैशाख १९ गतेको फैसलाअनुसार उक्त मुद्दामा दुवै जनालाई जनही दुई महिनाको कैद सजाय तोकिएको थियो। फैसला पछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि पुनः जिल्ला अदालत स्याङ्जामा पेश गरिएको थियो। अदालतको आदेशपछि उनीहरूलाई कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्