६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

मंगलबार, साउन ३०, २०८०
honor mob  winter sales

काठमाडौं । तस्करी भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

Honor x7 pad

गत ३ साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा आज थप पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । 

राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम आज सकिएको छ  ।

सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको सुन आज गालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्