सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। बाँके प्रहरीले ब्राउन सुगरसहित २२ वर्षीय युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का २२ वर्षीय हेमन्त शाही रहेका छन्।
शाहीलाई नेपालगन्ज उपहानगरपालिका-१० चौलिका चोकबाट १ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
बाँके प्रहरीद्वारा ब्राउन सुगरसहित नियन्त्रणमा लिइएका शाहीलाई आज बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।