जबरजस्ती करणी मुद्दाका फरार दयाराम र जेलबाट भागेका ज्ञानेन्द्र बाँके प्रहरीको नियन्त्रणमा

आइतबार, चैत २२, २०८२
Honor 600 pro

बाँके ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जेलबाट भागेका कैदी गरि दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जबरजस्ती करणी मुद्दामा फरार रहेका डुडुवा गाउँपालिका-१ नयाँबस्तीका ५७ वर्षीय  मायाराम भनिने दयाराम कुर्मीलाई नियन्त्रणमा लिएको हो।

बाँके जिल्ला अदालतको २०८१ साउन २४ को फैसलामा दोषी ठहर भई ६ वर्ष ५ महिना १० दिन कैद सजाय सुनाएका दयाराम घरमै आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दयारामलाई आज बाँके जिल्ला अदालत पेश गर्दै जिल्ला कारागार नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरि, गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नौबस्ता कारागार बाँकेबाट भागेका कैदीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध मुद्दामा ६ वर्ष ६ महिना कैद सजाय र २० हजार जरिवाना पाएर कारागारबाट भागेका कोहलपुर-१२ चप्परगौडीका २१ वर्षीय ज्ञानेन्द्र टमटा पक्राउ परेका हुन्।

फरार रहेका ज्ञानेन्द्रलाई आज पक्राउ गरेर आवश्यक कैद भुक्तानका लागि कारागार कार्यालय नौवस्तामा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्