सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
जमुनाह। बाँकेको नेपालगन्ज सीमा नाकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
भारतको रुपइडिहा बजारबाट नेपालगन्जतर्फ आउँदै गरेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगरसहित नेपालगन्ज -१५ जमुनाह नाकाबाट सुर्खेत र दाङका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका-१३ रामघाट बस्ने ३३ वर्षीय शिखर विक र दाङको घोराही उपमहानगरपालिका-१४ ढोडेरी गुम्बा बस्ने २७ वर्षीय प्रबिन चौधरी रहेका छन् ।
ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ।