नेपालगन्ज यातायातबाट ९ जना बिचौलिया प्रहरीको नियन्त्रणमा

शुक्रबार, चैत २०, २०८२

नेपालगञ्ज । यातायात कार्यालय नेपालगन्जबाट बिचौलियाको आरोपमा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । ‘हामीले ९ जनालाई नियन्त्रणमा लिएका छौँ । अनुसन्धान भइरहेको छ,’ प्रवक्ता पातलीले भने, ‘अनुसन्धानपछि दोष अनुरुप कारबाही हुन्छ ।’

प्रहरीले दीपा रोकाय, चन्द्रकला बुढाथोकी, अर्चना पौडेल, नर्मदा बर्मा, संगीता जिसी, नसिम खान, जीवन सत्यल, शुभय सोनी र रविन थापा मगरलाई नियन्त्रणमा लिएको छ ।

बिचौलियाले यातायात कार्यालयमा सहजै काम गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिने गरेको गुनासो छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्