कोहलपुरबाट ब्राउन सुगर सहित दुई युवक पक्राउ,६० हजार नगद बरामद

बिहीबार, चैत १९, २०८२
Honor 600 pro

बाँके। बाँकेको कोहलपुर क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका(४ बेलनपुरबाट २ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर र नगद ६० हजार रूपैयाँसहित सोही ठाउँ बस्ने २९ वर्षीय कमरूदिन जागा र २२ वर्षीय जमाल हसन जागालाई पक्राउ गरिएको हो।

उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उक्त परिमाणको न्राउन सुगर र नगदसहित पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

ब्राउन सुगरसहित बुधबार पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसुरमा कोहलपुर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्