बाँकेमा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी: चार जना कोहलपुर प्रहरीको नियन्त्रणमा

बुधबार, चैत १८, २०८२
Honor 600 pro

बाँके। बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-५ रझेना बस्ने २१ वर्षीय आशिष थारू, सोही नगरपालिका-६ बस्ने २७ वर्षीय सन्दिप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय किशोर रहेका छन् । 

उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्