विमानस्थलबाट बाहिरिएको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम मात्रै

मंगलबार, साउन ३०, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै बाहिरिएको बरामद  गरिएको सुन गालेर जोखेपछी ६० केजी  ७१६ ग्राम मात्रै भएको छ ।

Honor x7 pad

टक्सार महाशाखाका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ।

सोमबार ब्रेक शु भित्रको सुन निकालेर जोखिएको सुनको तौल ६० केजी ७८९ ग्राम रहेको तर आज गालेर जोख्दा ६० केजी ७१६ ग्राम रहेको राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उक्त सुनलाई गालेर ३४ वटा विस्कुट बनाइएको छ।

उक्त सुनलाई आज नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुन निकालेर गालेर जोखिएको हो।राजश्व अनुसन्धान विभागले गत साउन २ गते उक्त सुन बरामद गरेको हो। 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्