नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत १४, २०८२
Honor 600 pro

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको थियो भने लेखकलाई आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरेको हो।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए। प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।

मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्