सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२-०८३ को फागुन महिनामा देशभर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै ९८५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्राप्त विवरणअनुसार सबैभन्दा धेरै फरार प्रतिवादी कोशी प्रदेश मा १७६ जना पक्राउ परेका छन्। त्यसपछि मधेश प्रदेश मा २६३ जना, बागमती प्रदेश मा ६५ जना, गण्डकी प्रदेश मा ६९ जना पक्राउ परेका छन्।
त्यस्तै लुम्बिनी प्रदेश मा ८६ जना, कर्णाली प्रदेश मा १० जना र सुदूरपश्चिम प्रदेश मा ५९ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। त्यसैगरि काठमाडौं उपत्यकामा मात्र २५४ जना पक्राउ परेका छन् भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट ३ जना पक्राउ गरिएको उल्लेख छ।
पक्राउ परेकामध्येबाट कुल ४९९ वर्ष ७ महिना २९ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। साथै उनीहरूबाट ६ करोड ९० लाख ५५ हजार ६७८ रुपैयाँ जरिवाना असुल गरिएको छ।
प्रहरीका अनुसार फरार प्रतिवादी पक्राउ अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि निरन्तरता दिइनेछ।