कोहलपुरबाट दुई युवक ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा

मंगलबार, चैत १०, २०८२
Honor 600 pro

बाँके । बाँकेको कोहलपुर क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–२ बर्दहवाबाट ४ ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित २१ वर्षीय सत्य नारायण थारुसहित  दुई जनालाई गएराति पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेपछि नियन्त्रणमा लिएको प्रहरी प्रधानले जनाएको छ।

पक्राउ परेका दुवैमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्