ब्रेक शुबाट सुन निकालेर बिस्कुट आकारको बनाइँदै

मंगलबार, साउन ३०, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर गाल्न सुरु गरिएको छ। उक्त सुनलाई गालेर विस्कुट आकारको बनाइदै छ।

Honor x7 pad

उक्त सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालेआज बिहानदेखि सुन गाल्ने काम सुरू गरेको हो।सोमबार ब्रेक शुबाट सुन निकालिएको थियो।

सोमबार जोखिएको उक्त सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएक हुन् ।

‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ।’

उक्त सुनलाई राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको सुनलाई सिनामंगलबाट बरामद गरेको थियो।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्