सरकारी कागजात किर्ते मुद्दाका फरार प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा

सोमबार, चैत ९, २०८२
Honor 600 pro

बर्दिया । बर्दिया प्रहरीले सरकारी कागज किर्ते गरेर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले  जिल्ला अदालत बर्दियाको २०६९ चैत २७ गतेको फैसला आदेशले सरकारी कागज किर्ते सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका बाँकेक ६२ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेको हो।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं .१८ बस्ने ६२ वर्षीय श्रेष्ठलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि बर्दिया जिल्ला अदालतमा पेश गरी ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्