नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

शुक्रबार, चैत ६, २०८२
Honor 600 pro

बाँके। बाँकेको नेपालगन्ज बजार क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। 

लागुऔषधको कारोबार भइरहेको सूचना पाएर गएको  प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका-१ विशाल चोकबाट ५ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरीलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बिहीबार साँझ पक्राउ परेका उनीहरुविरुद्ध आज बाँके जिल्ला अदालतबाट म्याद थप गरेर बाँके प्रहरीले लागुऔषध कसुर अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्