साढे चार लाखभन्दा बढी मूल्यका अवैध सामग्री बाँकेबाट नियन्त्रणमा

बिहीबार, चैत ५, २०८२
Honor 600 pro

नेपालगञ्ज । बाँके जिल्लाका विभिन्न स्थानबाट भन्सार छलि अवैध रूपमा भारतबाट ल्याइएका विभिन्न सामग्री  प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार तस्करी गरी ल्याइएका लत्ताकपडा, एसियन पेन्ट्स, खाद्यान्न, मोबाइल डिस्प्ले, जुत्तालगायत अन्दाजी मूल्य रु. ४ लाख ६२ हजार १५० बराबरका सामग्री  नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको उक्त सामग्री  आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्