अक्कलघरुवाबाट ब्राउन सुगरसहित एक बिक्रेता र ८ जना खरिदकर्ता प्रहरीको नियन्त्रणमा

बिहीबार, चैत ५, २०८२
Honor 600 pro

बाँके। बाँकेको अक्कलघरुवाबाट एक जना ब्राउन सुगर बिक्रेतालाई प्रहरीले ठुलो परिमाणसहित पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोहलपुर नगरपालिका-१५ अक्कलघरूवाबाट ३ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल थारूलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र बाँके प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका अनिल र उक्त ब्राउन सुगर खरिद गर्न आएका ८ जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्