बैजनाथको मकैबारी क्षेत्रमामा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा सवारी साधन नियन्त्रणमा

बिहीबार, चैत ५, २०८२
Honor 600 pro

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न ४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चैत ४ गते बाँकेको बैजनाथ गाउँपालिका–२ मैकैवारी क्षेत्रबाट अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा खटिएको टोलीले जेसीबी १, टिप्पर २ र ट्याक्टर १ गरी जम्मा ४ वटा सवारी साधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय मा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले नदीजन्य स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको पनि जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्