दाङको घोराहीबाट ६० ग्राम बढी ब्राउन सुगरसहित दुई जना पक्राउ

सोमबार, फागुन २५, २०८२

घोराही । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन्।

Honor x5c

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले गेष्ट हाउसमा तलासी गर्दा ६० ग्राम ३ सय २० मिलिग्राम ब्राउनसुगर र नगद ३५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा सोही गेष्ट हाउसका सञ्चालक घोराही उपमहानगरपालिका–१४ सरस्वती टोल बस्ने रोल्पा घर भएका ३१ वर्षीय हिरामणी घर्ती र घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढा मगर रहेका छन्।

बरामद गरिएको लागूऔषध र नगदसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्