विमानस्थलबाट तस्करी भएर आएको सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै

सोमबार, साउन २९, २०८०
honor mob  winter sales

काठमाडौं । तस्करी भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवैध सुनको तौल ६० केजी ७८९ ग्राम रहेको छ।

Honor x7 pad

ब्रेक शु भित्रको सुन निकालेर जोख्दा सुनको तौल ६० केजी ७८९ ग्राम रहेको राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’ 

उक्त सुनलाई आज नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुन निकालेर जोखिएको हो।

राजश्व अनुसन्धान विभागले गत साउन २ गते उक्त सुन बरामद गरेको हो। 

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्