खजुरा गाउँपालिकाबाट ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

शुक्रबार, फागुन ८, २०८२
Honor 600 pro

खजुरा। बाँकेको एफ गाउँ ३७ नम्बरबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लाको खजुरा गाउँपालिका-४ एफ गाउँस्थित ३७ नम्बर चोकबाट कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय प्रकाश रोकाया र २४ वर्षीय आगमन डाँगीलाई इलाका प्रहरी कार्यालय धनौलीले ४० मिलिग्राम   ब्राउन सुगरसहित पक्राउ गरेको हो।

धनौली प्रहरीले उनीहरु सवार बा-प्र-०२-०४ प ०१८३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४० मिलिग्राम  ब्राउन सुगर  फेला पारी पक्राउ गरेकोप्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धानका क्रममा उक्त ब्राउन सुगर खजुरा गाउँपालिका-४ बस्ने ४२ वर्षीय गम्भिर थापा मगरबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात गम्भिरको घर तलासी गर्दा  २ ग्राम १ सय ५० मिलिग्राम  ब्राउन सुगर फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहीवार साँझ पक्राउ परेका उनीहरुविरुद्ध आज बाँके जिल्ला अदालतबाट म्याद लिएर इलाका प्रहरी धनौलीले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्