सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। बाँकेको नेपालगन्जबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिका -४ बसपार्कबाट ३० मिलिग्राम ब्राउन सुगर र प्रतिवन्धित औषधि नाइट्राजेपाम १७ ट्याब्लेट र ट्रामाडोल ३२ ट्याब्लेटसहित अछामको पन्चदेवल नगरपालिका-१ बस्ने ३१ वर्षीय जिवन बटालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
नेपालगन्ज बसपार्कस्थित अस्थायी प्रहरी पोष्ट खटिएको प्रहरीको टोलीले उनीहरूलाई लागूऔषध सहित बुधबार राति पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको र आज म्याद थप गरिने प्रहरीले जनाएको छ।