सीआईबी र मेडिकल काउन्सिलका अधिकारीलाई कारबाही गर्न माग

सोमबार, साउन २९, २०८०
honor mob  winter sales

काठमाडौं । चिकित्सकहरुको जिम्मेवार नियमनकारी निकाय नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको गलत विवरण नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाएको भन्दै गम्भीर आपत्ति जनाएको छ। 

Honor x7 pad

जिम्मेवार निकायबाटै गलत विवरण सीआईबीलाई बुझाएर कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रासपूर्ण वातावरण बनाएको भन्दै एनएमएले आपत्ति जनाएको हो ।

सो क्रममा एनएमएका आजीवन सदस्य रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरिएको, मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरिएको घटनाप्रतिसमेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज प्रेस विज्ञप्ति जारी गर्दै एनएमएले चिकित्सकहरुको मान र प्रतिष्ठासँग खेलवाड गर्ने अधिकार कसैसँग पनि नभएको भन्दै त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामासमेत गम्भीर प्रश्न चिन्ह खडा भएकोले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआईबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडा भन्दा कडा कानूनी कारबाही गर्न मागसमेत गरेको छ । 

यस्तो छ विज्ञप्ति-

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्