भीषण बाढीले कोशीको बहाब उच्च, ब्यारेजका ५६ वटै ढोका खोलिए

सोमबार, साउन २९, २०८०
honor mob  winter sales

कोशी। सुनसरीस्थित सप्तकोशी नदीमा ३४ वर्षपछिकै पानी बहाव उच्च मापन गरिएको छ। यस वर्ष  कोशीमा पानीको बहाव उच्च भएसँगै  ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा  पानीको बहाव उच्च भएको हो  ।  पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताए । यद्यपि पानीको वहाव केही  घट्दो क्रममा रहेको छ ।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्