सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । बलात्कारको आरोपमा नेपाल प्रहरीका एक जना इन्स्पेक्टर पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी निरीक्षक प्रदीप महतलाई जबरजस्ती करणी सम्बन्धी उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन प्रहरीका एक अधिकृतका अनुसार उजुरी दर्ता भएसँगै महतमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अगाडि बढाइने चितवन प्रहरीले जानकारी दिएको छ।