बाँकेमा ८० थान लाइसेन्स प्राप्त हतियार संकलन

बुधबार, माघ २८, २०८२

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सक्षालाई ध्यानमा राख्दै बाँके जिल्लामा हालसम्म इजाजतपत्र (लाइसेन्स) प्राप्त ८० थान हतियार बुझाइएको छ।

Honor x5c

गत माघ ६ गते जिल्ला प्रशासन कार्यालय बाँकेले चुनावी सुरक्षालाई मध्यनजर गर्दै लाइसेन्स प्राप्त तथा अवैध हतियार अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेको थियो। सोही सूचनापछि हालसम्म ८० थान हतियार सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए।

उनका अनुसार बुझाइएका हतियारमध्ये बारबोर र भरुवा बन्दुक रहेका छन्। “हालसम्म ८० थान हतियार बुझाइएको छ, तर यो संख्या अझै बढ्न सक्ने देखिन्छ,” डीएसपी पातलीले बताए।

उनले समयमै हतियार बुझाउन सबैलाई आग्रह गर्दै कडा चेतावनीसमेत दिएका छन्। “जो–जससँग हतियार छन्, तोकिएको समयभित्र अनिवार्य रूपमा बुझाउनुपर्छ। नबुझाई लुकाएर राखेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,” उनले भने।

प्रहरीले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्थापन तीव्र पारिएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्