बाढी-पहिरोबाट हालसम्म ४६ जनाको मृत्यु

सोमबार, साउन २९, २०८०
honor mob  winter sales

काठमाडौं । हालसम्म यो वर्षमा सुरु भएको  मनसुनबाट आएको बाढी–पहिरोबाट ४६ जनाको मृत्यु भएको छ।  ५१ जिल्ला प्रभावित बनेका छन् ।

Honor x7 pad

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार  बाढी-  पहिरोबाट हालसम्म  परी ३१ जना हराइरहेका छन्। संखुवासभाको सुप हेवा हाइड्रोका १९ जना मजदुर अहिलेसम्म बेपत्ता नै छन्। उनीहरू असार ४ गतेको बाढीमा बेपत्ता भएका हुन्।

मनसुनजन्य विपद्मा परी ५९ जना घाइते भएका छन्। १५६ घरमा पूर्ण क्षति पुगेको छ भने ६८२ घरमा आंशिक क्षति पुगेको महाशाखाले जानकारी दिएको छ।

पहिरोबाट मकवानपुरमा ५, ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। बाढी-पहिरोबाट संखुवासभामा ३, पहिरोबाट ताप्लेजुङमा ३, बाढीबाट पाँचथरमा ३, पहिरोबाट अर्घाखाँचीमा ३, दोलखामा ३ जनाको मृत्यु भएको छ। बाढी-पहिरोबाट काठमाडौं, रूकुमपश्चिम, रसुवा, बैतडी, गोरखा, तनहुँ, भोजपुरमा २-२ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको छ। अहिले देशभर मौसम सक्रिय रहेको छ। आजदेखि मौसममा सुधार देखिन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

गएराती पनि विभिन्न स्थानमा गएको बाढी  र पहिरोले वितन्डा मच्चाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्