आज कोशी , लुम्बिनी र कर्णालीमा मेघगर्जनसहित वर्षा

आइतबार, असार २४, २०८०
honor mob  winter sales

काठमाडौं । आज देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ।

Honor x7 pad

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ–गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी प्रदेशसहित देशका तराईका केही  स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङ्ग सहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन   लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। 

तसर्थ  हावा हुरी भारी वर्षा, मेघ गर्जन–चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्