सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपाल प्रेस युनियन बाँकेको १३औँ जिल्ला अधिवेशन तथा साधारण सभाबाट कमल खत्रीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको छ।
अधिवेशनबाट अध्यक्षमा कमल खत्री निर्वाचित भएका छन्। यस्तै खुला उपाध्यक्षमा खड्क खत्री, महिला उपाध्यक्षमा निशा शाह र समावेशी उपाध्यक्षमा अरसद शेष राई निर्वाचित भएका छन्।
त्यसैगरी सचिवमा भीष्म प्रसाद लोध, समावेशी सहसचिवमा अभिषेक गुप्ता, महिला सहसचिवमा सावित्री विश्वकर्मा तथा कोषाध्यक्षमा सिदार्थ पाण्डे निर्वाचित भएका छन्।
महिला उपाध्यक्ष निशा शाह
नयाँ कार्यसमितिको सदस्यमा प्रेम सिंह एसके, कुलेन्द विश्वकर्मा, अमित गुप्ता, लिला चौधरी, निर्मल गोसाई, विनोद कुमार बर्मा र सौरभ राणा निर्वाचित भएका छन्।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिताको संस्थागत विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।