Dashain Banner
Dashain Banner

रास्वपा सभापति रवि लामिछाने परिवारसहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान

शुक्रबार, कात्तिक ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा धार्मिक भ्रमणका लागि भारत गएका छन्। उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित शुक्रबार भारततर्फ प्रस्थान गरेका हुन्।

Dashai add

लामिछानेसहितको टोली बिहान काठमाडौं बाट हवाईमार्ग हुँदै धनगढी पुगेको थियो। धनगढीबाट उनीहरू भारत जाने कार्यक्रम रहेको छ।

लामिछानेको सचिवालयले भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटनका रूपमा व्याख्या गरेको छ। भ्रमणका क्रममा उनी परिवारसहित भारतका दुई प्रमुख धार्मिक स्थलमा पुगेर पूजाअर्चना गर्नेछन्।

कार्यक्रमअनुसार लामिछाने उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिर जानेछन्।

तीन दिनको आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १०:०५
प्रतिक्रिया दिनुहोस्