सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ हर्कचोकमा भएको घटनामा ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको हो। स्कुटरमा श्रीमान् कमलसँगै यात्रा गरिरहेका उनीहरू हर्कचोकमा भेल बढेपछि स्कुटरबाट झर्ने क्रममा दुर्घटनामा परेका थिए। भेलले छोरीलाई बगाएपछि बचाउन खोज्दा सुष्मासमेत नालीमा पुगेकी थिइन्। तीव्र बहावले आमाछोरीलाई करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो। स्थानीय र प्रहरीको सहयोगमा दुवैलाई अचेत अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति र छोरी रानीकाको शनिबार बिहान मृत्यु भएको कास्की प्रशासनले जनाएको छ।