सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाल प्रेस युनियन बाँके शाखाले स्थापना गरेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । शाखाको १३औं जिल्ला अधिवेशन तथा साधारणसभामा पाँच जना पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको हो ।
युनियनले प्रदान गर्दै आएको ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह, ‘पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही सम्मानित भएका छन् ।
त्यसैगरी, ‘जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार’ बाट नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, ‘प्रेस युनियन क्रियाशील पत्रकारिता पुरस्कार’ बाट दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्याल तथा ‘प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कार’ बाट नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत पत्रकार लीला चौधरी पुरस्कृत भएका छन् ।
युनियनले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान, सक्रियता, खोज तथा जनउत्तरदायी पत्रकारिताको मूल्यांकन गर्दै उनीहरूलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको हो । यसै अवसरमा शतक रक्तदाता पवन जायसवाललाई समेत विशेष सम्मान गरिएको थियो।