मानव तस्करीको जाल: इटाली पठाइदिने प्रलोभनमा पाँच बङ्गलादेशी काठमाडौँमा बन्धक

बिहीबार, माघ २२, २०८२
Honor 600 pro

काठमाडौँ ।  इटाली लैजाने प्रलोभन देखाएर पाँच जना बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाइएको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार करिब २० दिनअघि बङ्गलादेशबाट नेपाल ल्याइएका ती नागरिकहरूलाई काठमाडौँको भंगाल क्षेत्रस्थित एक घरमा थुनिएको अवस्थामा  उद्धार गरिएको हो। उद्धारसँगै घटनामा संलग्न आरोपितहरूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बङ्गलादेशका नागरिक आल मामुन (३८), बिलाल (३९), रिवन विश्वास (२९), बावु हुसेन (४३) र यमडी मसिभुर रहमान (४०) रहेका छन्। यस्तै, भारतीय नागरिक सरोज कुमार (४१) र नुवाकोटका नेपाली नागरिक शशि पाठक (३२) पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार पीडितहरूलाई काठमाडौँ हुँदै इटाली पठाइदिने आश्वासन दिएर आरोपितहरूले प्रति व्यक्ति बङ्गलादेशी ८ लाख रुपैयाँसम्म रकम असुलेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्