खजुराको 'ए गाउँ' बाट ब्राउन सुगरसहित एक युवक पक्राउ

बुधबार, माघ २१, २०८२
Honor 600 pro

बाँके। बाँकेको खजुरा गाउँपालिकाको दक्षिणी क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेक अनुसार  खजुरा गाउँपालिका-२ ए गाउँबाट ४३० मिलिग्राम  ब्राउनसुगर  सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोहित विकलाई पक्राउ गरेको हो । 

लागुऔषधको कारोबार भइरहेको सूचना पाएर प्रहरी चौकी राधापुरबाट खटिएको टोलीलाई रोहितलाई ब्राउन सुगरसहित सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

पक्राउ परेका रोहितविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय धनौलीले अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्