ब्राउन सुगरसहित एक युवक सिमलघारीबाट प्रहरीको नियन्त्रणमा

सोमबार, माघ १९, २०८२
Honor 600 pro

बाँके। बाँकेको खजुरा क्षेत्रबाट ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेक अनुसार खजुरा गाउँपालिका-६ सिमलघारीबाट ६४० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अशोक सुनारलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले अशोकलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका अशोकविरुद्ध आइतबार बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा धनौली प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्