बाँकेमा एक युवक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

शुक्रबार, माघ १६, २०८२
Honor 600 pro

बाँके । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–६, एच गाउँमा बसोबास गर्दै आएका खजुरा गाउँपालिका–७ घर भएका ३० वर्षीय अंगतराम अहिर रहेको बाँके प्रहरीले जानकारी दिएको छ।

किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अहिरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बिहीबार साँझ जबरजस्ती करणी कसुरमा पक्राउ परेका अहिरसँग घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्