नेपालगन्ज बजारबाट श्रीमान्-श्रीमती ६१ ग्राम ब्राउन सुगरसहित पक्राउ,६९ हजार नगद बरामद

बिहीबार, माघ १५, २०८२
Honor 600 pro

बाँके । बाँकेको नेपालगन्ज बजारबाट अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले श्रीमान् श्रीमतीलाई  पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका  अनुसार  वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले करिब ६१ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु १ थान ,नेपाली रुपैयाँ ५१ हजार १६०, भारतीय रुपैयाँ १८ हजार र ४ थान मोबाइल फोन बरामद गरेको हो।

पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका–५, जगतपुरका २५ वर्षीय सन्देश थारू र उनकी २३ वर्षीया श्रीमती कनिना थारू रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीले उनीहरूले प्रयोग गरेको भे.१० प ८२७५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

बुधबार ब्राउन सुगरसहित पक्राउ परेका श्रीमान् - श्रीमतीविरुद्ध आज बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ   ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्