सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई २ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद १० हजार रूपैयाँ सहित प्रहरीले पक्राउ गरिएको हो।
प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मंगलबार पक्राउ परेका बुढाथोकीविरुद्ध लागुऔषध कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।