सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दैलेख। ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका-१ नाउले गाउँ बस्ने २० वर्षीय दिपक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ
दैलेख प्रहरीका अनुसार दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवकसँग दुल्लु प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।