सुन काण्डमा मुछिएर पक्राउ परेका अडुकियाका छोरा रोहन रिहा

शनिबार, साउन २७, २०८०
honor mob  winter sales

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवैध १ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन रिहा भएका छन् ।

Honor x7 pad

विमानस्थलबाट अध्यागमन कार्याकलयबाट पक्राउ परेका उनी आज रिहा भएका हुन् । रोहन अध्यागमन विभागको नियन्त्रणमा रहेकै समयमा छुटेका हुन्।

आज बिहान ११ बजेतिर उनलाई अध्यागमनले छाडेको स्रोतले बतायो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा लिएर अनुसन्धान गर्न नमिल्ने बताएपछि उनी रिहा भएका हुन् ।

 

 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्