बुद्ध एयरको आपतकालीन ढोका खोलेका यात्रु सुमन जहाजभित्रै पक्राउ

बुधबार, पुस ३०, २०८२

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको  आपतकालीन ढोका खोलेका एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ।

Honor x5c

प्रहरीका अनुसार आज निर्धारित उडान नम्बर ८५२ अन्तर्गतको जहाज (९एन–एएमडी) मा सवार यात्रु सुमन गौतमले अनावश्यक रूपमा आपतकालीन ढोका खोलेका थिए। घटना लगत्तै उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

रुपन्देही प्रहरीले  हवाई सुरक्षा मापदण्डअनुसार उक्त घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ। प्रहरीका अनुसार  यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि जहाजको सुरक्षासँग सम्बन्धित आवश्यक प्रक्रिया अघि बढाइएको छ।

यता बुद्ध एयरले यात्रु तथा हवाई सुरक्षासँग सम्झौता नहुने स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्