सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रहरीले सुमो गाडीमा सवार एक जनाबाट ५७ हजार अमेरिकी डलर बरामद गरेको छ।
काठमाडौंबाट इलाम जाँदै गरेको सुमोमा सवार झापाका युवराज नेवारको साथबाट सिन्धुलीको खुर्कोटबाट प्रहरीले ५७ हजार अमेरिकी डलर बरामद गरेको हो।
प्रहरीका अनुसार ५७ हजार डलरसहित पक्राउ परेका युवराज डलर ओसारपसारमा संलग्न रहेको हुन सक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धानका लागि सुमो चालकलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको च।