खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

बुधबार, पुस ३०, २०८२
Honor 600 pro

काठमाडौं । प्रहरीले सुमो गाडीमा सवार एक जनाबाट ५७ हजार अमेरिकी डलर बरामद गरेको छ।

काठमाडौंबाट इलाम जाँदै गरेको सुमोमा सवार झापाका युवराज नेवारको साथबाट  सिन्धुलीको खुर्कोटबाट प्रहरीले ५७ हजार अमेरिकी डलर बरामद गरेको हो।

प्रहरीका अनुसार ५७ हजार डलरसहित पक्राउ परेका युवराज डलर ओसारपसारमा संलग्न रहेको हुन सक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धानका लागि सुमो चालकलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको च।

 

 

 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्