सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा समितिले बुधबार राति बढुवा सिफारिसको सूची सार्वजनिक गरेको हो।
जनपद प्रहरी समूहअन्तर्गत एसएसपी बढुवाको पहिलो वरियतामा रामप्रकाश शाह परेका छन्। त्यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा पनि एसएसपीमा बढुवा सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)का आधारमा प्राविधिक समूहका दुई एसएसपी दरबन्दी जनपद समूहमा स्थानान्तरण गरिएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयअनुसार एक अतिरिक्त दरबन्दी थप भएसँगै कुल १० जनालाई बढुवाका लागि सिफारिस गरिएको हो।
प्राविधिकतर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीका पद जनपद प्रहरी समूहमा समायोजन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तो छ बढुवा सिफारिस सूची-