सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१-८२ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त अंक अनुसार डुडुवा सर्वोत्कृष्ट भएको हो ।
७९.३६ अंकका साथ प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका मन्त्री खेम सारु मगर, सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सम्मान गरेका थिए । स्वास्थ्य शाखा प्रमुखहरुले सम्मान ग्रहण गरेका थिए ।
नेपालगञ्जमा बुधबार स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको 'स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रथम चौमासिक अवधिको समिक्षा तथा कार्ययोजना गोष्ठी' मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको आधारमा ७५.२१ अंकका साथ जानकी गाउँपालिका दोस्रो र ७५.२१ अंकका साथ खजुरा गाउँपालिका ७१.९७ अंक पाएर तेस्रो भएको छ ।