प्रहरीको सईबाट राजीनामा दिएका दशरथ २ हप्ता नपुग्दै मृत भेटिए

सोमबार, पुस १४, २०८२

काठमाडौं । नेपाल प्रहरीबाट राजीनामा दिएको दुई हप्ता नबित्दै प्रहरी नायब निरीक्षक मृत फेला परेका छन्।

Honor x5c

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निलबाराही जङ्गलमा पूर्व प्रहरी नायब निरीक्षक (सई) दशरथ खड्काको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

४५ वर्षीय खड्काले करिब १७ दिनअघि मात्र नेपाल प्रहरी सेवाबाट सईबाट राजीनामा दिएका थिए। उनी यसअघि प्रहरी प्रभाग साँखुमा कार्यरत थिए र मंसिर २६ गते राजीनामा बुझाएको खुलेको छ।

खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–१, सरस्वती खेल निवासी हुन्। उनको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्