जबरजस्ती करणीपछि युवती आत्महत्या घटनाका दुई फरार प्रतिवादी पक्राउ

आइतबार, पुस १३, २०८२

काठमाडौं  । प्रहरीले  जबर्जस्ती करणी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले  नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।

Honor x5c

घटनापछि मानसिक तनावका कारण पीडितले चार महिनापछि गत वैशाख २ गते आफ्नै घर सल्काई आत्महत्या गरेकी प्रहरीले जानकारी दिएको छ। प्रहरीका  अनुसार घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले फरार प्रतिवादीको खोजतलास तीव्र बनाएको थियो ।

खोजतलासका क्रममा फरार प्रतिवादी भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुरपाटार सिरहाबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा नजिक नवाजपुर गाउँपालिका–३ झाँपडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपाटारमा राखी थप अनुसन्धान सुरु गरिएको सिरहाले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्