नेपालगन्जको मोहनपुर्वाबाट २२ ग्राम बढी खैरो हेरोइनसहित ३ जना नियन्त्रणमा

शनिबार, पुस १२, २०८२

बाँके । लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणमा खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले २२ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

Honor x5c

प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज-१४ का २३ वर्षीय सन्दीप लोनिया,सोही स्थानकै ३१ वर्षीय हृदयराम खटिक र नेपालगन्ज-१८ का २२ वर्षीय ओमकर खटिक रहेका छन् ।

खैरो हेरोइनको कारोबार गर्न जाँदै गरेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई नेपालगन्ज-१३ मोहनपुर्वा गाउँ नजिकबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा  बाँके बुझाइएको हो।

पक्राउ परेका उनीहरुको साथबाट तीन थान मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अनुसार शुक्रबार साँझ पक्राउ परेका उनीहरूविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्