सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बर्दिया। बर्दियाको जुवाखालबाट प्रहरीले घरबेटीसहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका-६ बकुवाका ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवा खेलिरहेको अवस्थामा सन्तरामसमेत ६ जनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको टोलीले उनीहरूलाई नगद ३४ हजार ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
पक्राउ परेकाहरुविरुद्ध भुरिगाउँ प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।