सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको नेपालगञ्ज सीमा नाका नजिकबाट प्रहरीले ठुलो परिमाणमा मोबाइलसहित एउटा जीप र चालकलाई नियन्त्रणमा लिन सफल भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ १५ सीमा नजिकबाट शंकास्पद अवस्थामा भारततर्फ गइरहेको युपी ३२ एच क्यु १८०१ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा बिल–बिजकबिनाका २०५ थान मोबाइल फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालयक अनुसार बरामद गरिएको मोबाइलको मूल्य १ लाख ६४ हजार रुपैयाँ रहेको छ । त्यसैगरी मोबाइल तस्करीमा प्रयोग भएको उक्त जीपको अन्दाजी मूल्य १५ लाख रुपैयाँ रहेको र बरामद मोबाइलसहित गाडीको जम्मा अन्दाजी मूल्य १६ लाख ६४ हजार रुपैयाँ बराबर रहेको बाँके प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बरामद गरेको मोबाइल र जीपसहित तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आइतबार भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जनाएको छ।