नेपालगञ्जबाट ५४ ग्राम ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरीको नियन्त्रणमा

आइतबार, पुस ६, २०८२
Honor 600 pro

नेपालगञ्ज ।  नेपालगञ्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा ल्याइएको ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  नेपालगञ्ज उपमहानगरपालिका–२ बाट ५४ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरका ४३ वर्षीय सुवोध क्षेत्री र बैजनाथ गाउँपालिका–१ बस्ने ३२ वर्षीय यामबहादुर बुढालाई पक्राउ गरिएको हो।

सुबोध र यामबहादुरलाई जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त  टोलीले शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

५४ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुविरुद्ध आज जिल्ला अदालत बाँकेबाट म्याद थप गरेर घटनाबारे लागुऔषध कसुरमाथप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्